२०८३ साल ब‌ैशाख ५ गते शनिवार

जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण भोलीबाट

जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण भोलीबाट

काठमाडौँ – जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण भोलीबाट सुरु हुने भएको छ । नव मिथिला फाउण्डेशनको आयोजन र नबिल बैंकको प्रायोजनमा जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण फाल्गुन १९ गतेदेख २१ सम्म हुने आयोजकले जनाएको छ ।


आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनकपुरमा २०७६ सालदेखि सुरु भएको यो महोत्सव यस क्षेत्रका लागि निकै महत्वपूर्ण रहेको बताएको छ ।


आयोजक नव मिथिला फाउन्डेसनकाअनुसार, ‘यस वर्षको महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीति सम्बन्धी १२ वटा अलग अलग ओपन–एयर प्यानल छलफल हुनेछ । पहिलो महोत्सवमा महिला सहभागिता २० प्रतिशत थियो भने दोस्रोमा ३८ प्रतिशत भयो । अहिले महिलाको सहभागिता ५० प्रतिशत पुग्ने आयोजकको भनाइ छ ।


जनकपुर साहित्य महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखकलगायतको सहभागिता रहनेछ। महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरुको सहभागिता रहनेछ । साहित्य महोत्सवको उदघाटन सत्र फाल्गुन १९ गते दिउँसो २ बजे देखि जानकीमन्दिर परिसरमा हुनेछ । भोलीदेखी सुरु हुने महोत्सवको उद्घाटन मधेस प्रेदेशका मुख्यमन्त्रि लालबाबु राउतद्वारा हुने आयोजकले जनाएका छन ।


कार्यक्रममा नेपाल पर्यटन बोर्डका सीईओ, उधोगपति बिनोद चौधरी, मधेस प्रदेसका मन्त्रीहरु, नबिल बैंकका कार्यकारी प्रमुख अनिल साह लागयात अन्य स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरका व्यक्तित्वहरुको सहभागिता रहनेछ ।


पहिलो दिन भोली नै खगेन्द्र संग्रौलाको मधेश साहित्य र म भन्ने विषयमा वाचनको कार्यक्रम रहेको छ । त्यस्तै

फाल्गुन २० र २१ गते पनि जानकी मन्दिर परिसरमै दिउँसो २ बजे देखि कार्यक्रम संचालन हुनेछ । महोत्सवले साहित्य, कला, समाज र राजनीतिबीचको अन्तरसम्बन्धको खोजी गर्नेछ। स्थानिय कलाकार सँगै नेपालको चर्चित कुटुम्ब ब्यान्ड समेतले मैथिली भाषामा आफ्नो प्रस्तुति दिने छन ।


महोत्सवमा ‘समाजमा विभेद’, ‘मधेशमा उधमी र मधेशको उधोग’, ‘शिक्षाको संस्कार’, ‘स्थानीयविकास’, ‘महिला र राजनीति’, ‘कसको लोकतन्त्र, कस्तो लोकतन्त्र’, ‘मधेश एक अवसर’, ‘परिवर्तनको सिद्धान्त’, ‘मधे शमा साहित्य लेखन’ जस्ता अन्य विषयमा सत्रहरु संचालन हुनेछ । फरक फरक शीर्षकमा सरिता गिरी, गगन थापा, सि के लाल, हरि शर्मा, बिनोद चौधरी जस्ता वक्ताहरुपनि सहभागि रहने छन । तीन दिने महोत्सवको संपूर्ण कार्यक्रम ग्यालेक्सी ४के टिभि च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रतिक्रिया