राजबिराज, १२ भदौ । सोसल मिडियामा महिलालाई अपरिचित व्यक्तिहरुले ब्लाकमेल गर्ने गरेका घटनाहरू निरन्तर सार्वजनिक हुने गरेका छन् ।
महिलाहरूका निजी जानकारीहरू तथा आपत्तिजनक तस्वीरहरू समेत सोसल मिडिया साइट रेडिटमा शेयर हुने गरेका छन्। बीबीसीले एकजना यस्तै ग्रुप चलाउने व्यक्तिको खुलासा गरेको छ ।
पाँच पाउण्डमा यिनको नग्न तस्वीर उपलब्ध छ, मलाई मेसेज गर्नुहोस् ।
मसँग केही अश्लील भिडियो पनि छन् ।
हामी योसँग के गर्नेवाला छौं ।
त्यहाँ हजारौं तस्वीरहरु थिए । महिलाहरूका नग्न तथा कम वस्त्र लगाएर खिचाएका हजारौं तस्वीरहरु, जसको सूचि समाप्त भएकै थिएन ।
तस्बिरको मुन्तिर पुरुषका अश्लील टिप्पणी, जसमा बलात्कारको धम्की पनि थियो । त्यस्ता धम्कीका शब्दहरू यहाँ उल्लेख गर्न पनि सकिंदैन ।
एकजना साथीको सहयोगले म त्यहाँसम्म पुगेकी थिएँ । उनको एउटा तस्वीर इन्स्टाग्रामबाट लगेर रेडिटमा हालिएको थियो । त्यो वास्तवमा नग्न तस्वीर थिएन, तर रेडिटमा उक्त तस्वीरमा समेत विभिन्न अश्लील टिप्पणी गरिएको थियो । ती मित्र आफ्नै लागि र अन्य महिलाहरुको लागि समेत चिन्तित थिइन् ।
जब मलाई उक्त बजारका बारेमा थाहा भयो, तब मैले देखें कि सयौं प्रोफाइलहरू त्यहाँ उपलब्ध छन् जसलाई शेयर गरिंदैछ र बेचिंदैछ । ती सबैलाई सम्बन्धित महिलाको अनुमतिविना नै त्यहाँ पोस्ट गरएको हो ।
रिभेन्ज पोर्नको संसार
यस्तो लाग्थ्यो कि रिभेन्ज पोर्नको नयाँ दुनियाँ सुरु भएको छ, जहाँ निजी जानकारीहरू अनुमतिविना नै शेयर भैरहेका छन् । आमरुपमा पूर्व पार्टनरहरुले रिस र प्रतिशोधमा यस्तो काम गर्ने गर्दछन् । तस्वीरसँगै फोन नम्बरलगायतका अन्य जानकारीहरु पनि मानिसहरु एक आपसमा शेयर गरिरहेका छन् ।
मलाई लाग्यो कि म इन्टरनेटको कुनै अँध्यारो कुनमा आएकी छु । तर यी सबै सोसल मिडिया प्लाटर्फममा भैरहेका थिए । रेडिटले आफूलाई इनटरनेटको पहिलो पाना दाबी गर्दछ ।
हरेक दिन पाँच करोड मानिसहरु रेडिटको प्रयोग गर्दछन् । यसका प्रयोगकर्ताहरु फोरम चलाउन सक्दछन् जसलाई सबरेडिट्स भनिन्छ । प्रयोगकर्ताका यस्ता उपसमूहहरु विभिन्न मुद्दामा आधारित भएर बनाइन्छ । अधिकांस सबरेडिट हानिकारक हुँदैनन् । तर रेडिटमा अश्लीलता फैलाउने काम पनि यिनीहरुले नै गरेको पाइन्छ ।
सन् २०१४ मा विभिन्न सेलिब्रेटीहरुका निजी तस्वीरहरु रेडिटमा शेयर गरिएको थियो । त्यसको तीन वर्षपछि कम्पनीले डिप फेकको प्रयोग गर्ने केही ग्रुपलाई बन्द गरेको थियो ।
महिलाहरूका अन्तरंग तस्वीरहरू अहिले पनि रेडिटमा कसरी शेयर भैरहेका छन् भनेर मैले बुझ्न चाहेकी थिएँ । साथै त्यसको पछाडि को छ भनेर पनि मैले जान्न चाहेकी थिएँ । रेडिटको प्रतिबन्धले कुनै पनि काम गरेको छैन भन्ने मैले बुझिहालें । हामीले बेलायतमा दर्जनौं सबरेडिट सञ्चालनमा रहेको फेला पार्यौं ।
मैले सुरुमा दक्षिण एसियाली महिलाहरुको बारेमा बुझ्न चाहें । अधिकांश अंग्रेजी, हिन्दी, उर्दु तथा पन्जाबीमा टिप्पणीहरू एकै समुदायका पुरुषहरुले गरिरहेका थिए । केही महिलाहरूको सोसल मिडियामा ठूलो संख्यामा फ्लोइङ थियो त्यसैले मैले उनीहरुलाई चिनेँ । कतिपयलाई मैले व्यक्तिगत रुपमै चिन्दथें ।
हजारौं नग्न तस्वीर पोर्न
त्यहाँ १५ हजार भन्दा धेरै तस्वीर थिए । हामीले त्यसबाट १ हजारको नमुना लियौं । त्यसमा डेढसय जना फरक-फरक महिलाहरुका तस्वीर प्राप्त भए । साथै त्यसमा अमानवीय यौन टिप्पणीहरु पनि थिए । मलाई थाहा थियो कि यी सबै महिलाहरुको अनुमति विना नै भैरहेको थियो ।
कैयन् महिलाहरुका तस्वीर अन्य सोसल मिडियाबाट लिइएको थियो । ती अश्लील थिएनन् । तर ती तस्वीरमाथि निकै अश्लील टिप्पणी गरिएका थिए ।
तस्वीरमा भएकामध्ये एकजना महिलासँग हामीले सम्पर्क गर्यौं । उनले इन्स्टाग्राममा क्रप टप पहिरिएको एक तस्वीर पोस्ट गरेपछि उनलाई बलात्कारको धम्की आउन थालेको बताइन् ।
सबरेडिटमा रहेका पुरुषहरू पनि महिलाका नग्न तस्वीर शेयर गरिरहेका थिए र बेचिरहेका थिए । ती सेल्फी जस्तै देखिन्थे जो कि सार्वजनिक प्रयोगका लागि खिचिएका थिएनन् । महिलाका यस्ता भिडियोहरु पनि थिए जुन सेक्सका बेला गोप्य रुपमा खिचिएका जस्तो प्रतित हुन्थ्यो ।
मैले तिमीलाई फेला पार्नेछु
एक मेसेज थ्रेडमा नग्न महिलाहरुको मुखमैथुन गरिरहेको तस्वीर थियो । एउटा मेसेजमा लेखिएको थियो : कसैसँग कुनै भिडियो छ । ती मेसेजमा विभिन्न अपशब्द पनि प्रयोग गरिएकेा थियो ।
त्यसमा अर्को व्यक्तिले लेखेका छन् : मसँग पाँच पाउण्डमा पूरै फोल्डर छ, विभिन्न तस्वीरहरु सँगै ।
अर्का प्रयोगकर्ताद्धारा सोधिएको छ
कम्पनीका प्रवक्ताले भनेका छन् : हामीलाई थाहा छ कि यस्ता सामाग्रीहरु खोज्ने, पहिचान गर्ने र त्यसमाथि कारवाही गर्नका लागि हामीले अझै धेरै काम गर्नुछ । छिटै गर्नुपर्दछ र उत्तम तरिकाले गर्नुपर्दछ । हामीले हाम्रो टिम र टूलले यसका लागि उत्कृष्ट तरिकाले कसरी काम गर्न सक्दछ भनेर बुझ्ने कोसिस गरिरहेका छौं ।
बीबीसीले सबरेडिट चलाउने हिमेश सिंघाडिया नामका व्यक्तिसँग सम्पर्क गरेपश्चात् उनले उक्त सबरेडिट डिलिट गरे । एक बयानमा उनले दक्षिण एसियाली महिलाहरुको सह्राना गर्नका लागि आफुले ग्रुप बनाएको दाबी गरे । उक्त ग्रुपमा जोडिएका मानिसको संख्या निकै धेरै भएकोले सबैलाई नियन्त्रण र सम्पादन गर्न मुस्किल भएको उनको भनाइ छ । आफूले कहिल्यै पनि अश्लील सामग्री शेयर नगरेको भन्दै उनले भनेका छन् : जिम्पोम्याड आफुले उठाएका कदमबाट दु:खी छ र यो उनको वास्तविक परिचयको हिस्सा होइन ।
रेडिटले हामीले उजुरी गरेका विभिन्न सामाग्रीहरु पनि हटाएको छ ।
इसको अर्थ के हो भने हजारौं महिलाका तस्वीर उसले हटाउने गरेको छ । तर यसबाट ठूलो राहत मिल्नेछैन । प्रविधि कम्पनीहरु तथा कानून बनाउने निकायहरुले महिलाहरुको सहयोगका लागि ठोस कदम उठाउनु पर्नेछ । बीबीसीबाट