२०८३ साल ब‌ैशाख ७ गते सोमबार

नेकपा एमाले सप्तरीद्वारा अनुगमन समिति गठन

राजविराज, २४ असोज — नेकपा (एमाले) सप्तरीले आफ्ना जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्न विभिन्न स्थानीय तहका लागि अनुगमन समिति गठन गरेको छ।

पार्टीले २०८२ असोज ९ गते बसेको पूर्ण बैठकबाट प्राप्त म्यान्डेटका आधारमा २०८२ असोज २३ गते सम्पन्न पदाधिकारी बैठकले डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका, अग्निसाइरकृष्णसबरन गाउँपालिका तथा पेशागत महासङ्घ नेपालका लागि अलग–अलग अनुगमन समिति गठन गरेको हो।

डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाको अनुगमन समितिको संयोजकमा उत्तम गौतम र सदस्यहरूमा अशोक यादव र नागेश्वर यादव रहेका छन्।

अग्निसाइर कृष्णसबरन गाउँपालिकामा संयोजकमा शैलेन्द्र चन्द्र झा र सदस्यहरू पन्चदेब खङ तथा वीर बाहादुर मर्साङ्दीलाई तोकिएका छन्।

त्यस्तै, पेशागत महासङ्घ नेपालकाे संयोजकमा रत्ना तामाङ रहनुहुनेछ भने सदस्यहरूमा भागवत यादव, राजकुमार महतो र ललित नारायण रजक छन्।

अनुगमन समितिहरूले सम्बद्ध निकायका जनप्रतिनिधिहरूले हालसम्म गरेका कार्यहरूको समीक्षा तथा मूल्यांकन गरी संगठनलाई प्रतिवेदन पेश गर्ने जनाइएको छ।

यस सम्बन्धमा नेकपा एमाले सप्तरीका उपसचिव एवं प्रवक्ता दुर्गानन्द ठाकुरले समितिहरू गठन गरी जिम्मेवारी तोकिएको जानकारी दिनुभएको छ।


प्रतिक्रिया