२०८३ साल ब‌ैशाख ५ गते शनिवार

काठमाडौंका मेयर बालेन्द्र शाहले आपत्तिजनक स्टाटस लेखेपछि विवादमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले अशाेभनिय अथवा  आपत्तिजनक स्टाटस लेखेपछि विवादमा आएका छन्।

शनिबार मध्यरातमा उनले सामाजिक सञ्जाल फेसबुकमा भारत, चीन, अमेरिका र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै ‘भाडमा जाउ, तिमीहरूले केही पनि गर्न सक्दैनौ’ भन्ने आशयको स्टाटस लेखेका थिए। उक्त स्टाटस उनले पछि डिलिट गरे पनि त्यसअघि नै सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भइसकेको थियो।

बालेनले स्टाटसमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूको नामसमेत उल्लेख गरेका थिए।

उनको यस अभिव्यक्तिपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ।

सामाजिक सञ्जालमार्फत तीव्र र विवादास्पद टिप्पणी गर्ने बालेन यसअघि पनि चर्चामा रहँदै आएका छन्। सिंहदरबारमा आगो लगाइदिनेजस्ता अभिव्यक्तिका कारण उनी विवादमा तानिएका थिए। सोही विषयमा ‘जेनजी आन्दोलन’का क्रममा फेसबुकमार्फत उक्साएको आरोपमा उनीमाथि उजुरीसमेत परेको छ।

प्रतिक्रिया