राजबिराज, २ श्रावण । सप्तरीमा आफ्नै घरभित्र बसिरहेकी एक बालिकालाई उठाएर बाहिर लगी सामूहिक बलात्कार गरिएको छ ।
जिल्लाकाे कंचनरुप नगरपालिका १२ बस्ने एक १७ वर्षीय बालाकालाई एक समुहले असार २९ गते राति करिब १०:३० बजे जबर्जस्ती उठाएर गाउँकै साेमलाल मगरकाे घरमा लगी पालेपालाे बलात्कार गिएको सप्तरी प्रहरीले जनाएको छ ।
बलात्कारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० बर्षीय कैलास भनिने टेकराज पोखरेल, २१ बर्षीय दिपेश सुवेदी, २४ बर्षीय सुदिप भुजेल र २२ बर्षीय मनोज विश्वकर्मा रहेका छन् ।
प्रहरीका अनुसार पीडित बालिका र अभिभावकले ईलाका प्रहरी कार्यालय कंचनपुरमा लिखित जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय ठेलियाको टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया शुरु गरेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले उनीहरुबिरुद्ध जवरजस्ती करणी सम्वन्धी कसुरमा म्याद थपका लागि सप्तरी जिल्ला अदालततर्फ पठाईएको जानकारी दिए ।