२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

सप्तरीमा एकैदिन दुई जनाको झुण्डिएको अवस्थामा शव फेला

राजविराज, ३ साउन । सप्तरी जिल्लामा शनिबार छुट्टाछुट्टै स्थानमा एक युवक र एक महिलाको झुण्डिएको अवस्थामा शव फेला परेको छ।

जिल्लाको अग्निसाइर वृष्णासवरण गाउँपालिका–४, बनौलीमा १९ वर्षीय अरबिन्द साह रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाइएको जानकारी दिनुभयो।

यस्तै, राजविराज नगरपालिका–८ स्थित हिमालय टोलमा २९ वर्षीया रितु पौडेल आफ्नै कोठामा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेकी छिन्। उनी सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–१, किसानपुरकी स्थायी बासिन्दा हुन्। रितु कृष्ण पोखरेलको घरमा डेरा गरी बस्दै आएकी थिइन्।

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया