२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

सिडियाेले क्षमायाचना सहित उर्दी फिर्ता नलिएसम्म आन्दोलन नरोकिने : अध्यक्ष श्रवण

राजबिराज, २६ श्रावण । सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले क्षमायाचना सहित उर्दी फिर्ता नलिए सम्म पत्रकारको आन्दोलन नरोकिने नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण देवले चेतावनी दिएका छन् ।

पत्रकार महासंघ सप्तरीको अगुवाइमा राजबिराजमा निकालिएको बिराेध र्याली पश्चात् कोण सभामा बोल्दै अध्यक्ष देवले यस्तो चेतावनी दिएका हुन । जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार अनुमति बिना कार्यालय परिसर भित्र फोटो, भिडियो खिच्न नपाउने सूचना जारी गरेको थियो । त्यसपछि पत्रकार महासंघले प्रेस स्वतन्त्रताको हनन गर्ने कार्य भएको भन्दै तीन घण्टाभित्र उक्त सूचना फिर्ता लिन भनेको थियो ।

तोकिएको समयमा सूचना फिर्ता नलिएपछि क्षमायाचना सहित सूचना फिर्ता गरि प्रेस स्वतन्त्रता कायम गर्ने मागसहित उनीहरू बिहिबारदेखि आन्दोलनमा उत्रेका हुन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीमा साउन १५ गते महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलसँग भएको कुटपिट घटनमा संलग्न प्रहरीलाई कारबाहीको माग समेत राखेका छन् ।

 बिहीबार साँझ जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै उक्त सूचना फिर्ता लिएको जनाए  तर यता पत्रकार महासंघले क्षमायाचना सहित सुचना फिर्ता, प्रेस स्वतन्त्रताको ग्यारेन्टी तथा पत्रकार कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको सुनिश्चितता नभएसम्म संघर्ष जारी रहने शाखा उपाध्यक्ष बैधनाथ यादबले बताए ।

आजै पत्रकार महासँघ शाखा सप्तरीको बैठकले जिल्ला प्रशासन कार्यालय सप्तरीले क्षमायाचना सहितको उर्दी फिर्ता लिई पुर्ण प्रेस स्वतन्त्रताको वातावरण बनाउनुपर्ने, जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार मनोहर पोखरेल माथि आक्रमण भएको घटनामा संलग्न असईमाथि कानुन बमोजिम कार्वाही गर्नुपर्ने माँग राख्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

घोषणा कार्यक्रम अन्तर्गत २७ गते मौन जुलुस,  २८ गते मैनबती जुलुस, २९ गते सिटी जुलुस, ३० गते एक घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना,३१ गते दुई घण्टा र  ३२ गते तीन घण्टा धर्ना बस्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यसैगरी भदौ १ गते जिल्ला प्रशासन कार्यालयमा २४ गते रिले अनशन सम्म कार्यक्रम सार्वजनिक गरेको शाखा सचिव रामनारायण बिश्वास द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै संघर्ष र सम्वादसँगै लगिने भएकाले मध्यस्थकर्ताको जिम्मेवारी कार्यसमिति सदस्य विद्यानन्द राम र कृष्ण कुमार मण्डललाई दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया