२०८३ साल ब‌ैशाख ५ गते शनिवार

प्रधानमन्त्री ओली द्वारा मधेसमा ३२० किलोमिटर सडकको शिलान्यास

कृष्ण मण्डल 

जनकपुरधाम, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका आठै जिल्लामा ३ सय २० किलोमिटर कालोपत्रे सडकको शिलान्यास गर्नुभएको छ । 

मधेस प्रदेश सरकारकाे भाैतिक पुर्वाधार मन्त्रालयकाे आयाेजनामा आईतबार राजधानी जनकपुरधामकाे नीधिभबनमा आयोजित एक समाहराैहका बिच डिजिटल प्रविधि मार्फत उक्त सडकको शिलान्यास गर्नुभएको हाे । 

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले डिजिटल माध्यमबाट मधेसका ८ वटै जिल्लामा रहेको कुल ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच-पाँच किलोमिटर कालोपत्रे सडक शिलान्यास गरेको छ । जसको चाैडाई करिब साढे ५ मिटर देखि ७ मिटर सम्म हुने र सडक निर्माणमा कुल लागत १२ अर्ब ७० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

विश्व बैंकको सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत हाल १९८ किलोमिटर कालोपत्रे सडक निर्माण, ३२६ किलोमिटर बृहत मर्मत र १००० किलोमिटर नियमित मर्मत-सम्भारको योजना समेत अघि बढाइएको छ।

‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमको दोस्रो चरणअन्तर्गतको यो योजना सांसदहरूको सिफारिस र सर्वदलीय सहमतिको आधारमा अघि बढाइएको छ ।

उक्त कार्यक्रम मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, भाैतिक पुर्वाधार मन्त्री सराेज कुमार यादव लगायत प्रदेश सरकारकाे मन्त्री तथा संसदहरुकाे उल्लेखनीय सहभागी रहेको थियोे भने नेकपा एमालेका प्रदेश ईन्चार्ज लिलानाथ श्रेठ, सप्तरी इन्चार्ज सुमनराज प्याकुरेल सहितका व्यक्तिहरुकाे उपस्थित रहेको थियाे ।

प्रतिक्रिया