२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

सत्तारुढ दलका विद्यार्थी संगठन द्वारा गभर्नर विरुद्ध कार्टुन प्रदर्शन

काठमाडौं ५ साउन । सत्तारुढ दलका विद्यार्थी संगठनले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध कार्टुन प्रदर्शन गरेका छन् ।

नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेका एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै रहेको जिकिर गर्दै उनीहरुले गभर्नरलाई अवैध भनेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका नेताहरु ब्यानर र कार्टुन चित्र लिएर प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले गभर्नरले राजीनामा दिनुपर्ने पनि बताएका छन् ।

गभर्नर अधिकारीले भने एमालेको अर्थ तथा योजना विभागका सदस्य आफू नभएको बताएका छन् । एमालेले पनि आफ्नो विभागका सदस्य गभर्नर नभएको प्रष्टिकरण दिएको छ ।

प्रतिक्रिया