२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

चाैतर्फी विरोध पछि भाेली क्षमापुजा सहित भगवतीकाे पुरानै मुकुट लाग्ने

राजबिराज, ०४ असाेज । सप्तरी जिल्लाकाे छिन्नमस्ता गाउँपालिकामा अवस्थित छिन्नमस्ता भगवतीकाे मुकुटकाे सार्वजनिक रुपमै चाैतर्फी विरोध भए पछि पुनः भाेली पहिलेकाे मुकुट लागाउने भएको छ ।

आज विहिबार मात्रै लगाएको नयाँ स्वरुपकाे मुकुट पहिलेकाे भन्दा फरक र मुकुटमा दाता परिवारकाे नाम लेखिएको तस्बिर सहित समाजिक सञ्जाल फेसबुकमा पत्रकार कृष्ण मण्डलले विरोध जनाए पछि चाैतर्फी आलोचना खेपिरहेका मन्दिर समितिले पुनः भाेली शुक्रबार पुनारै मुकुट लगाउने भएको छ ।

पुरानो मुकुटमा प्रविधिक समस्या (मुकुटमा चिरा परे पछि) भएपछि बिचमा अर्को स्वरुपकाे २ किलो ५ साय ग्राम ताेल भएको मुकुट लगाएको थियो । र एक किलाे २ सय ५० ग्राम ताेल भएको मुकुट लगाएको छ जसको अगाडि भागमा दाता परिवारकाे ४ जनाको नाम लेखिएको छ । तर पुनः भाेली लाग्ने पुरानै स्वरुपकाे मुकुटकाे ताेल १ किलोग्राम भन्दा कम रहेको मन्दिरको पिठाधिश महाकान्त ठाकुरले जानकारी दिए । पहिलेकाे मुकुट एक पल्ट चाेरी पनि भईसकेकाे थियोे र २४ घण्टा नवित्दै भेटिएको थियो ।

प्रतिक्रिया