२०८३ साल ब‌ैशाख ६ गते अाईतबार

सीसीटिभी फूटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, ११ साउन । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको छ । 

गृहसचिव स्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीपिटभी फूटेज सुरक्षित राख्न निर्देशन भएको हो । 

मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटिभी फूटेज सीसीटिभी फूटेज सुरक्षित रहने पनि स्पष्ट पारेको छ । 

मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने जनाएको छ । 

सिंहदरबार भित्रको सीसीटिभीको निरीक्षण÷अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ ।

प्रतिक्रिया