राजबिराज, २४ भदौ। बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले नेपालका कानुन मान्ने र सबै कुराको सामना गर्ने बताएका छन् ।
आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले बताएका छन् । लामिछानेले ट्वीट गर्दै सो कुरा बताएका हुन् ।
उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् ।