२०८३ साल ब‌ैशाख ५ गते शनिवार

सप्तरीमा कन्टेनरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

राजबिराज, ३० गते । सप्तरीको शम्भुनाथ नगरपालिका–१२, अर्नाहा स्थित हुलाकी सडकखण्डमा भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको छ।

शुक्रबार बिहान बोदेबर्साइनबाट राजविराजतर्फ गइरहेको ना ३ ख ४५३१ नम्बरको कन्टेनर ट्रकले बाटो पार गर्दै गरेको स ६ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक कन्टेनरको मुनि च्यापिएर गम्भीर घाइते भएका थिए। हालसम्म उनको नाम, थर र वतन खुल्न सकेको छैन। प्रहरीका अनुसार ट्रकको मुनी च्यापिएको शव निकाल्न क्रेनको सहायताले प्रयास भइरहेको छ।

दुर्घटनापछि ट्रक चालक काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–६ निवासी ५६ वर्षीय गोपालनाथ राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जानकारी गराएको छ।

प्रतिक्रिया