२०८३ साल ब‌ैशाख ५ गते शनिवार

तथ्याङ्क कार्यालयद्वारा “क्षमता अभिवृद्धि तालिम तथा गोष्ठी” राजबिराजमा सम्पन्न

राजबिराज, २९ जेठ । तथ्याङ्क समन्वय कार्यालय, जनकपुरधाम, धनुषाको आयोजनामा विहिबार “क्षमता अभिवृद्धि तालिम तथा गोष्ठी” कार्यक्रम सम्पन्न भएको छ।

तथ्याङ्क समन्वय अधिकारी शिव नारायण महतोकाे अध्यक्षता र जिल्ला समन्वय समिति सप्तरी प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यमा उक्त गाेष्ठी सम्पन्न भएको हाे ।

कार्यक्रमको उद्देश्य स्थानीय तहमा तथ्याङ्क व्यवस्थापन तथा समन्वय क्षमताको अभिवृद्धि गर्नु रहेको छ। उक्त तालिम तथा गोष्ठीले सरकारी कार्यालयबीच समन्वय सुदृढ गर्ने र तथ्याङ्कको गुणस्तरमा सुधार ल्याउने विश्वास गरिएको छ।

यसबाहेक, तथ्याङ्क कार्यालयले जिल्ला स्थित सम्पुर्ण स्थानीयतह र अन्य सम्बन्धित निकायहरूकाे प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया