२०८२ साल असार २८ गते शनिवार

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

राजबिराज, ९ असार । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियामा ट्रयाक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब ३ः३० बजे लौनियाबाट दमावतीतर्फ जाँदै गरेको स १ त ६७०० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा चालक गम्भीर घाइते भएका थिए।

दुर्घटनामा घाइते भएका चालक ललित देव साहका छोरा ३८ वर्षीय देबेन्द्र प्रसाद साहलाई तत्काल उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज ल्याइयो। तर डाक्टरले इसीजी गर्दा साँझ ४ः१० बजे उनलाई मृत घोषणा गरेका हुन्।

घटनास्थलमा प्रहरी चौकी बरहीबिरपुरबाट टोली परिचालन गरिएको थियो भने थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएकाे सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

ट्रयाक्टर दुर्घटना स्थल प्रहरी चौकी बरहीबिरपुरबाट पूर्व–उत्तरतर्फ करिब ४ किलोमिटर दूरीमा रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको एसपी खतिवडाले बताउनुभयो ।


प्रतिक्रिया