विष्णु मण्डल
राजविराज, ०४ जेठ । विभिन्न मुद्दाका तीन जना फरार प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा लुकिछिपी बस्दै गरेको अवस्थामा उनीहरुलाई आईतवार प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ठगी मुद्दामा २ वर्ष ११ महिना १० दिन कैद तोकिएका सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर २ का सुमन्त कुमार मिश्र , लेनदेन बिगो मुद्दामा १ वर्ष कैद सजाय तोकिएका डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ का सन्तोष कुमार साह र लेनदेन बिगो मुद्दाकै २ महिना कैद सजाय पाएका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ३ का बद्री मुखिया रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनिभयाे ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।