राजबिराज ३ जेठ ।
सप्तरीको सप्तकोसी नगरपालिकाकाे प्रमुख/मेयर र उपप्रमुख/उपमेयर पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेस बाट मेयर पदमा कृष्ण प्रसाद ढकाल ४ हजार ४ सय ६९ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार उत्तमकुमार शर्माले २ हजार ९ सय ६७ मत प्राप्त गरेका छन ।
त्यसैगरी उपमेयरमा कांग्रेसकै सरिताकुमारी चौधरीले ३ हजार ९ सय ५८ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी एमालेकी उम्मेदवार संगीता चौधरीले ३ हजार २ सय मत प्रप्त गरेकी हनु ।