सखडा, सप्तरी, २ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ऐकेसाथ २ वटा वडाकाे मत गिन्ती शुरु भएको छ ।
वडा नम्बर १ र वडानम्वर २ काे मतगिन्ती शुरु भएको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिएका हुन ।
जस मध्ये समग्रमा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार विनोद कुमार यादवले ५ सय ५६ मत ल्याएर अग्रता कायम गरेका छन भने लाेसपाका विद्यान्नद चाैधरीले ४ सय १७ मत ल्याएर पच्छाइरहेका छन ।
त्यसैगरी माओवादी केन्द्रकि उपाध्यक्ष राजुदेवी यादवले ४ सय ४९ मत ल्याएर अग्रता लिएकी छिन भन्ने लाेसपाके उपाध्यक्ष उषा कुमारी मण्डलले ३ सय ३१ मत ल्याएर पच्छयाईरहेका छन ।
त्यसैगरी जसपाका अध्यक्ष पदका उम्मेदवार सत्यनारायण यादवले २ सय ५४ र उपाध्यक्ष आशा देवी साहले २ सय ५३ मत ल्याएर तेस्रो स्थानमा छन ।
वडा नम्बर १ बरहीबिरपुर केन्द्रमा कुल २ हजार १ सय ८६ खसेको मत मध्ये १ हजार ५ सय ९५ मतपत्रकाे गिन्ती सकिदा सम्म माओवाद केन्द्रकाे तर्फबाट गापा अध्यक्ष पदको उम्मेदवार विनोद कुमार यादवले ५ सय ३७ मतले अग्रता लिएको छ भने लाैसपाका विद्यान्नद चाैधरी ३ सय २८ मतले पच्छयाईरहेकाे छ ।
त्यसैगरी उपाध्यक्षमा माओवादीकी राजु देवी यादवले ४ सय ११ मतले अग्रता लिएको छ भने लाेसपाकी उषाकुमारी मण्डलले ३ सय ०७ मतल्याएर पच्छयाईरहेकाे छ ।
त्यसैगरी जसपाकाे अध्यक्ष पदकाे उम्मेदवार सत्यनारायण यादवले १ सय ९४ मत लयाएका छन भने उपाध्यक्षकि अशादेवी साहले २ सय १५ मत ल्याएर तेस्रो स्थान छिन ।
त्यसैगरी वडा नम्बर २ काे २ सय ७५ मतकाे गिनती सकिदा सम्म लाैसपाका अध्यक्ष पदको उम्मेदवारले ८९ मत ल्याएर अग्रता कायम गरेको छ भने जसपाले ६० मत ल्याएर पच्छाईरहेका छन भने माओवादी केन्द्रले १९ मत ल्याएर तेस्रो स्थान छन ।
त्यसैगरी उपाध्यक्षमा लाैसपाले २४ जसपाले २८ र माओवादी ३८ मत ल्याएका छन ।
समग्रमा माओवादी केन्द्रले अध्यक्ष पदमा ५ सय ५६ र उपाध्यक्षमा ४ सय ४९ मत ल्याएका छन भने दाेस्राे स्थानमा रहेको लाेसपाका अध्यक्ष ४ सय १७ र उपाध्यक्षले ३ सय ३१ मत ल्याएका छन । त्यसैगरी जसपाका अध्यक्षले २ सय ५४ र उपाध्यक्षले २ सय ५३ मत ल्याएर तेस्रो स्थानमा छन । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएका छन । वडा नम्बर १ बरहीबिरपुर केन्द्रमा कुल २ हजार १ सय ८६ खसेको मत मध्ये १ हजार ५ सय ९५ मतपत्रकाे गिन्ती सकिदा सम्म माओवाद केन्द्रकाे तर्फबाट गापा अध्यक्ष पदको उम्मेदवार विनोद कुमार यादवले ५ सय ३७ मतले अग्रता लिएको छ भने लाैसपाका विद्यान्नद चाैधरी ३ सय २८ मतले पच्छयाईरहेकाे छ ।
त्यसैगरी उपाध्यक्षमा माओवादीकी राजु देवी यादवले ४ सय ११ मतले अग्रता लिएको छ भने लाेसपाकी उषाकुमारी मण्डलले ३ सय ०७ मतल्याएर पच्छयाईरहेकाे छ । त्यसैगरी जसपाकाे अध्यक्ष पदकाे उम्मेदवार सत्यनारायण यादवले १ सय ९४ मत लयाएका छन भने उपाध्यक्षकि अशादेवी साहले २ सय १५ मत ल्याएर तेस्रो स्थान छिन। त्यसैगरी वडा नम्बर २ काे २ सय ७५ मतकाे गिनती सकिदा सम्म लाैसपाका अध्यक्ष पदको उम्मेदवारले ८९ मत ल्याएर अग्रता कायम गरेको छ भने जसपाले ६० मत ल्याएर पच्छाईरहेका छन भने माओवादी केन्द्रले १९ मत ल्याएर तेस्रो स्थान छन । त्यसैगरी उपाध्यक्षमा लाैसपाले २४ जसपाले २८ र माओवादी ३८ मत ल्याएका छन ।
जनशक्ति अभावले गर्दा मतगणना कार्य ढिलो भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।