२०८२ साल असार २८ गते शनिवार

दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

राजबिराज, ८ असार । सप्तरीको भारदहमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय भारदहका अनुसार मिति २०८२ असार ८ गते बिहान करिब ५:५० बजे हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवा जाने बाढीको भीत्रि सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

कंकालिनी मन्दिरबाट भलुवा जाँदै गरेको को १० प ५६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–११ राजपुरका १९ वर्षीय अविनाश मण्डलको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको हो।

त्यसैगरी अर्का घाइते को १० प ५६२ नम्बरको मोटरसाइकल चालक कंचनरुप नगरपालिका–१ बैरवाका ३४ वर्षीय ओम प्रकाश पंजियारको पनि बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहान ११:०० बजे मृत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा परेर घाइते भएका मोटरसाइकलको पछाडि सवार ३० वर्षीय सुभाष महतोको अवस्था मध्यम रहेको र उनलाई सोही अस्पतालमा उपचारपछि बिहान ८:३० बजे डिस्चार्ज गरिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय भारदहका प्रहरी निरीक्षक गोविन्द घिसिङको कमान्डमा प्रहरी टोली खटिएको थियो। दुबै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया