राजविराज, ११ वैशाख । आफनौ जन्मदिनमा मंहगो खर्च गरेर मनाउने संस्कार शहर देखी गाउँ सम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सहको रुपमा मनाउनेहरु विचमा सञ्चारकर्मी रबि शर्माले सदा–९ (मुसहर) बस्तीका बालबालिकालाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफूल, मास्कलगायतका सामग्री वितरण गरेर जन्मदिन मनाएका छन् ।
उनले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ सदा बस्तीका एक दर्जनबढी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् ।
‘शिक्षा क्षेत्रमा पछाडी परेका दलित समूदायका केही बालबालिकालाई जन्मदिनको अवसरमा थोरै शैक्षिक सामग्री दिन पाउदा खुशी लागिरहेको छ’ उनले भने–‘ यो केही नभए पनि बालबालिकालाई पठनपाठनमा केही हदसम्म सहयोग हुने विश्वास छ । ’ शिक्षा स्वास्थ्य राज्यको दायित्व हो तर ट्युसन फि,मासिक फि,अतिरिक्त फि,बिलम्ब फि,परिक्षा फि जस्ता अतिरक्त खर्च महगिले पढाउन समेत अभिभावकलाई ग्राहौं बनाएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका– ९ निवासी उनी संचार सप्तरी अनलाइनका प्रधान सम्पादक र प्रेस चौतारी नेपाल,शाखा सप्तरीका सदस्य हुन् ।