२०८३ साल ब‌ैशाख ५ गते शनिवार

छिन्नमस्ता भगवती मन्दिरकाे ५५ लाख बढी नाफा

राजविराज, ४ असोज । सप्तरीको छिन्नमस्ता भगवती मन्दिर संरक्षण संवर्द्धन समितिले गत आर्थिक वर्षमा करोडौँ रुपैयाँको आम्दानी तथा खर्च गरेको जनाएको छ ।

समितिका कार्यवाहक अध्यक्ष महाकान्त ठाकुरका अनुसार २०८१/८२ मा मन्दिरले कुल एक करोड ४५ लाख ९८ हजार ३४४ रुपैयाँ आम्दानी गरेको हो । आम्दानीबाट खर्च कटाएपछि समितिले ५५ लाख ३४ हजार ८ सय ७१ रुपैयाँ नाफा गरेको उनले जानकारी दिए ।

समितिले कर्मचारीको तलब, व्यवस्थापन, सरसफाइ, सुरक्षा, यातायात, अतिथि सत्कार र अन्य शीर्षकमा गरी ९० लाख ६३ हजार ४ सय ७२ रुपैयाँ खर्च गरेको छ ।

मन्दिरको आय मुख्यतः वली प्रदान, गाडी पूजन, मुण्डन, चन्दा, धर्मशालाको भाडा, विवाह लगायतका शिर्षकबाट हुने गरेको समितिले जनाएको छ ।


प्रतिक्रिया