राजबिराज, ०६ भाद्र । राजबिराज नगरपालिकाका पुर्व नगरप्रमुख शंभु प्रसाद यादब नेकपा माओवादी केन्द्र परित्याग गरि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ ।
आज अर्थात सोमवार लोसपा सप्तरी द्वारा जिसस सभाहल राजबिराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पुर्व मेयर यादब लाई फुलमाला र टीका लगाई पार्टीमा प्रवेश गराएका हुन ।
पुर्व मेयर यादब अघिल्लो चुनावमा राजबिराज नगरपालिका नगरप्रमुखमा तत्काल राजपा वाट निर्वाचित भएका थिए ।
त्यसेगरी राजबिराज नगरपालिका पुर्व कार्यपालिका सदस्य प्रमोद कावडा, पुर्व वडा अध्यक्षहरू माँगीलाल नाई, सुदर्शन सिंह, शम्भु यादव लाली ,शोभालाल मण्डल ले पनि लोसपा मा प्रवेश गरेका छन ।
त्यस्तै नेकपा माओवादी केन्द्र बाट राजबिराज ३ बाट वडाध्यक्ष पदका प्रत्यासी मो. ईर्साद अन्सारी सहित सकडाेकाे संख्यामा विभिन्न पार्टी परित्याग गरि लोसपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय नेता शरदसिंह भण्डारी,अनिलकुमार झा,मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल लगायतले फुलमाला लगाई पार्टीमा स्वागत गरेका छन ।
लोसपाका सप्तरी जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, दुलारीदेवी खंग, लोसपा नेता गजेन्द्र मण्डल, जयप्रकाश ठाकुर, रविन्द्र मण्डल, उपेन्द्र साह, पुनमकुमारी यादव, महदेवा गापा अध्यक्ष सुनिल कुमार मण्डल, उपाध्यक्ष अन्जु यादव, छिन्नमस्ता गापा अध्यक्ष विद्यानन्द चौधरी, रुपनी गापा अध्यक्ष दिनेश कुमार यादव, उपाध्यक्ष पुष्पा लौगी श्रेष्ठ , नेताहरु हरेकृष्ण प्रसाद सिंह, राजेन्द्र प्रसाद यादव, ललन मिश्र, दिपेन्द्र कुमार चौधरी, शैलेसकुमार चौधरी, जिल्ला उपाध्यक्ष वौवा लाल शर्मा, साधना झा, राजकुमार चौधरी, महिन्द्र खंग, मुसहरु यादव , ललन झा, पिताम्बर यादव, मो याकुब लगायत सयौ नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।