२०८१ साल माघ ७ गते सोमबार

छिन्नमस्ता मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा गरियो

सखडा, सप्तरी, २५ असाेज । मुलुककै प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा बडा दशैंको अवसरमा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा भएको छ ।

छिन्नमस्ता मन्दिर समितिकाे आग्रह तथा नेपाली सेनाको सहयोगमा आज शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा मन्दिर प्रांगण भरि करिब १५ मिनेट हेलिकप्टरबाट पुष्पवृष्टि गरेको हाे ।

मन्दिरको इतिहासमा बडा दशैकाे अवसरमा पहिलोपटक मन्दिरको चारैतिर पुष्प वर्षा गर्न सफल भएको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिए । 

मन्दिरमा भएको पुष्प वर्षाले छिन्नमस्ता मन्दिरकाे विश्व सामु थप प्रचारप्रसार हुने, धार्मिक आस्था तथा मन्दिर प्रति श्रद्धालु भक्तजनहरुकाे विश्वास बढने कुरा मन्दिर रहेको वडा नम्बर ३ का वडा अध्यक्ष बिजय कुमार यादवले जानकारी दिईदै यस्ताै कार्य गर्न मन्दिर समिति र नेपाली सेनालाई धन्यवाद समेत ज्ञापन गर्नु भयाे ।

त्यसैगरी मन्दिर समितिले ६५ किलाे सैयपत्री पुष्प नेपाली सेनालाई उपलब्ध गराएकाे पिठाधिस ठाकुरले बताउनु भयो ।

प्रतिक्रिया