२०८१ साल माघ ७ गते सोमबार

नेपाली समाज उत्पादनमा भन्दा पनि उपभाेग मुखी भएको

राजबिराज , १७ असाेज । वर्तमान समयमा नेपाली बजारलाई चलायमान बनाउन नसक्नुकाे प्रमुख कारक नेपाली समाज उत्पादनमा भन्दा पनि उपभाेग मुखी भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले बताएका  छन्।


विहिबार सप्तरी उद्योग वाणिज्य संघ राजविराज सप्तरीको आयोजनामा बडा दशै, शुभदिपावली, छठ पर्व र नेपाल सम्वत सम्बन्धि शुभकामना आदानप्रदान कार्यक्रमकाे प्रमुख आतिथ्यकाे रुपमा सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीले यस्तो कुरा बताएका हुन ।


केही दिन अगाडि अविरल वर्षाका कारण सप्तरीमा समेत धनजनको क्षति भएको, व्यपार व्यवसाय धरासाही भएको, विराेटी जग्गाको मुल्यांकन नभएको, खुल्ला सिमाना, अनुगमन तथा मुल्यांकन प्रभावकारी नभएको, तसकरकाे विगविगी रहेको लगायतका जिल्लाका यावत समस्याहरुलाई सम्बाेधन गर्दै उहाँले यस्तो कुरा बताउनु भयो । 

बजारलाई चलायमान बनाउन अत्मनिरभर बन्नु पर्ने र आन्तरिक उत्पादनमा जाेड दिनु पर्ने लगायतका कुराहरुकाे कार्यक्रममा वक्ताहरुले उठान गरेको थियोे । 

शुभकामना आदानप्रदान कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अरुण प्रधान, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, ससस्त्र प्रहरी एसपी ज्ञानमणी पाेडेल, बरख गणका निमित सेनानी नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसाली लगायतका व्यक्तिहरुकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया