२०८३ साल ब‌ैशाख ५ गते शनिवार

प्रहरी हवलदार धामीको दादागिरी, मालपोत कार्यालयका सेवाग्राहीमाथी दुव्र्यवहार

राजविराज, २८ असार । सप्तरी सदरमुकाम राजविराजमा प्रहरी हवलदार राज कुमार धामीको दादागिरीले सर्वसाधारणहरु हैरान हुने गरेको छ । 

नगर प्रहरी कार्यालयमा कार्यरत हवलदार धामीले मालपोत कार्यालय अगाडि पार्किङ गरि राखेको सेवाग्राहीको मोटरसाइकलको हावा खोलेर हैरान पार्ने गरेको हो । भुमीसुधार तथा मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरु कामका लागि कार्यालय भित्र पसेको मौका पारेर हवलदार धामीले पार्किङ गरेर छोडेको मोटरसाइकलको हावा खेलेर दुख दिने गरेको सेवाग्राहीहरु बताउँछन्  । हवलदार धामीले पार्किङमा राखेको मोटरसाइकलको दुबै पाग्राको हावा खोलेर नराम्ररी दुख दिएको न्युज टुडेका कार्यकारी सम्पादक बृजमान तामाङले बताए । 

सानो कामले मालपोत कार्यालयमा गएको थिए पत्रकार तामाङले भने, पश्चिमतर्फ नो पार्किङ लेखेको बोर्ड देखेर सडकको पुर्व भागमा मोटरसाइकल पार्किङ गरि भित्र गए तर १० मिनेटपछि काम सकेर बाहिरिदा मोटरसाइकल पम्चर भएको पाए । पम्चर कसरी भयो भनी खोजी गर्दा प्रहरी हवलदार धामीले मैले हावा खोले केही भन्नुछ भन्दै ठूलो स्वारले कराउन थालेको पत्रकार तामाङले बताए ।    

 पार्किङमा राखेको अन्य गाडिलाई केही नगरी मेरो प्रेस लेखेको गाडीमा मात्र हावा किन खोल्नु भएको भनी प्रश्न गरे, पत्रकार तामाङले भने, हवलदार धामी आबेशमा आउदै एसपी सावको आदेशले हावा खेले भन्दै एक्कासि ठूलो स्वारले कराउन थाले । पत्रकार तामाङले दुबै पाग्राको हावा नभएको मोटरसाइकल लिएर डेढ किलोमीटरको बाटो पुगेर हावा लगाउन खोज्दा दुबै टायर काम नलाग्ने भएपछि लिकुड फेर्नु परेको दुखेसो पोखे। 

 सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले तोकिएको पार्किङमा राखेको मोटरसाइकलको हावा खोल्ने हवलदार धामीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई घटना बारे बुझ्ने बताए । एकै लाईनको अन्य मोटरसाइकलको नखोली प्रेस लेखेको मोटरसाइकलको मात्र हावा खोल्नुको कारण बारे छानबिन गर्ने उनले बताए ।  

 हवलदार धामीले राजगढ गाउँपालिका ३ नर्घोका जोगेन्द्र मण्डल, छिन्नामस्ता ६ का शिव नारायण मण्डल, छिन्नामस्ता ३ का सुर्य नारायण झा, डाक्नेश्वरी ४ का विन्देश्वर यादव, बोदेबर्साईन ६ का बाल कुमार यादव , डाक्नेश्वरी ८ का रहमान मियाँ लगायतका दर्जनौं सेवाग्राहीहरुको मोटरसाइकलको हावा खेलेर दुख दिएको मलपोत कार्यालयमा आएका सेवाग्राहीहरुले गुनासो गरे ।

 हवलदार धामीले मालपोत कार्यालयमा सेवा लिन आउने सवारीधनीहरुलाई थप्पड समेत हानेको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।

प्रतिक्रिया