२०८३ साल ब‌ैशाख ५ गते शनिवार

इतिहासमा पहिलोपटक काेसी ब्यारेजकाे पुलबाट बग्न थाल्यो बाढी

राजबिराज, १२ असाेज । इतिहासमा पहिलोपटक सप्तकोसी ब्यारेज भएर पानीको बहाव अत्यधिक भएपछि ब्यारेजको पुल माथिबाट बाढी बग्न सुरु भएको छ । 

ब्यारेजको ३८, ३९ र ४० नम्बर ढोका नजिक पुलमाथिबाट पानी बग्न थालेको हो । पछिल्लो मापनअनुसार कोसी ब्यारेज भएर ५ लाख ६० हजार क्यूसेक पानीको बहाव भइरहेको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । ब्यारेज पुलमा सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

प्रतिक्रिया