राजबिराज, १० चैत । राजबिराजकाे सडक पेटीमा एक जना व्यक्ति हिढदै गरेको अवस्थामा अचानक ढलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजबिराज नगरपालिकाको वडा नम्बर ३ निवासी ६७ वर्षीय उमेशनाथ शरणको रहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
आईतवार कल्टुदास पोखरी छेउमा लडेर ज्यान गएको हो । शरण शनिबार विराटनगरमा बस्दै आएका छोरालाई भेटन गएका थिए । आज फर्किने क्रममा हनुमाननगरस्थित एक आफन्तको घरमा खाना खाएको र राजविराज आएर एक पसलबाट पानीको बोतल किनेर घरतर्फ पैदल हिंडिरहँदा उनी एक्कासी ढलेको प्रहरी प्रबक्ता बस्नेतले बताए ।
पारिवारिक श्रोतलाई उदृत गर्दै बस्नेतले जनाए अनुसार शरण मुटुका बिरामी थिए । उनको केहि दिनअघि मुटुको शल्यकृया भएको थियो ।
उनको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको प्रबक्ता बस्नेतले बताए ।