सखडा, ३१ बैशाख । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अहिलेसम्म जम्मा ५० वटा मतपत्रकाे गिन्ती सकिएको छ । जसमा गापा अध्यक्षमा लाेसपाकाे १७ , माओवादी केन्द्रकाे १२ र जसपा नेपालकाे ३ मत लगायतको अन्य पार्टीले पाएकाे छ । गणना भइरहेको मतपत्र वडा नम्बर १ काे रहेको निर्वाचन अधिकृत सुर्य राज घिमिरेले जानकारी दिए ।