राजविराज, ८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट भातृ संगठन मुक्ति समाज नेपाल जिल्ला समिति सप्तरीको आयोजनामा सोमबार छैटौं जिल्ला विस्तारित बैठक सुरु भएको छ।
“सम्पूर्ण उत्पीडित दलित जनता एक होऔं” भन्ने मूल नाराका साथ जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा सुरु भएको हाे ।
बैठकमा केन्द्रीय इञ्चार्ज तथा पोलिटब्युरो सदस्य जितु गौतम प्रमुख अतिथिका रूपमा र पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल विशेष अतिथिका रूपमा सहभागी भएका थिए भने बैठकको अध्यक्षता जिल्ला अध्यक्ष जेहेन्द्र प्रकाश रमनले गरेका थिए ।
आयोजक समितिका अनुसार बैठकमा दलित समुदायका सामाजिक, आर्थिक तथा राजनीतिक हक–हितका सवालमा विस्तृत छलफल भइरहेको छ। साथै, संगठन विस्तार, सशक्तिकरण र राजनीतिक चेतना अभिवृद्धि सम्बन्धी रणनीतिक निर्णयहरू लिने तयारी गरिएको छ।
कार्यक्रममा मुक्ति समाज नेपालका विभिन्न तहका सदस्य तथा प्रतिनिधिहरूकाे उल्लेखनीय सहभागीता रहेको थियो ।