काठमाडौं, ४ माघ। नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले दिएको मान्यता बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीमार्फत दायर गरिएको रिट हाल अध्ययनको प्रक्रियामा रहेको बताइएको छ।
देउवा पक्षले विधि र विधानविपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरिएको दाबी गर्दै उक्त महाधिवेशन अवैधानिक भएको जनाएको छ।