२०८३ साल ब‌ैशाख ७ गते सोमबार

नेपाललाई भारतले भन्यो– सबैले संयमता अपनाउनु, शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान गर्नू

काठमाडौं, २४ भदौ । भारतले सबै नेपालीलाई संयमता अपनाउन आग्रह गरेको छ। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान गर्न पनि आग्रह गरेको छ। 

मन्त्रालयले भनेको छ,ʻहामी हिजोदेखि नेपालमा भएका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेका छौं र धेरै युवाहरूको ज्यान गएकोमा गहिरो दुःखी छौं। हाम्रो विचार र प्रार्थना मृतकका परिवारहरूसँग छ। हामी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्छौं।ʼ

नेपालमा रहेका भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरूले जारी गरेका कदम र निर्देशनको पालना गर्न पनि भारत सरकारले सुझाव दिएको छ।

प्रतिक्रिया