२०८३ साल ब‌ैशाख ७ गते सोमबार

जेठ २८ गते मधेसमा कविर जयन्तीको सार्वजनिक विदा

जनकपुरधाम, २६ जेठ । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले सार्वजनिक विदासम्बन्धी नयाँ सूचना जारी गरेको छ।

यसअघि २०८१ चैत २२ गते प्रकाशित ०८२ सालको विदा सूची संशोधन गर्दै प्रदेश सरकारले २०८२ सालको बैशाख २३ गते जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते कविर दास जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

उक्त सूचना अनुसार यी दुई दिन प्रदेशभर सार्वजनिक विदा लागू हुनेछ। मन्त्रालयका उप-सचिव गणेश नायकले सूचनामा हस्ताक्षर गर्दै सबै सरोकारवालालाई जानकारीका लागि सूचनाको प्रकाशन गरिएको उल्लेख गरेका छन्।


प्रतिक्रिया