२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

सप्तकाेशी नदीमा अभ्यास गर्ने क्रकमा डुवेका सशस्त्र प्रहरी साउदकाे शव भेटियो

राजबिराज , २५ जेठ । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी गाेताखाेर टाेलीका जवान सुरज साउदको शव फेला परेको छ।

सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार, गत बिहीबार डुबेका साउदको शव आइतबार डुबेको स्थानदेखि दक्षिणतर्फ साउदकाे शव ४ दिन पछि फेला परेको हो।

उक्त घटनामा साउदसँगै डुबेका अर्का सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव भने शुक्रबार नै भेटिएको थियो। राजवंशी हनुमाननगर कंकालिनी नगरपालिकाको योगिनियाँ क्षेत्रमा मृत अवस्थामा भेटिएका थिए।

प्रहरीका अनुसार, उनी बालुवामा घोप्टिएको अवस्थामा फेला परेका थिए।


प्रतिक्रिया