२०८३ साल ब‌ैशाख ५ गते शनिवार

सडक निर्माणकाे लागि सरकार र ठेकेदार खाैज्दै पैदलयात्रा

राजबिराज, २६ साउन । राजविराज-सखडा- गोविन्दपुरसम्म्को सडक निर्माणको माग गर्दै सरकार र ठेकैदार खाेजदै सोमबार पैदलयात्रा गरिएको छ ।

'राजविराज- सखडा- गोविन्दपुरसम्मको सडक अविलम्ब निर्माण गर, कहाँ छ सरकार कहाँ छन् ठेकेदार , सुशासन कायम गर, कुशासन बन्द गर, सम्मनिय प्रधानमन्त्री जी सुशासन हेर्ने सखडा आउ' भन्ने विभिन्न नारा लगाउँदै  पैदलयात्रा निकालिएको थियो ।

लामो समय सडक जर्जर अबस्थामा हुँदा समेत निर्माण कार्य कछुवा गतिमा भएकोले दवाव स्वरुप पैदल यात्रा गरिएको पूर्व सिचाई मन्त्री उमेश यादवले बताए ।

नेकपा माओवादीका नेता एवम् पूर्वसिंचाई मन्त्री उमेश कुमार यादवको नेतृत्वमा सडक निर्माणको दवाव सिर्जना गर्न पैदल निकालिएको हो ।

पूर्वमन्त्री यादवको नेतृत्वमा सखडाबाट निकालिएको पैदलयात्रा विसनपुर चौक पुगेर समापन गरिएको थियो । उनले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिए ।

 

प्रतिक्रिया