२०८३ साल ब‌ैशाख ५ गते शनिवार

चुनाव हुने मिति देखि १७ दिन अघि मात्र उम्मेदवारहरुले प्रचारप्रसार गर्न सक्ने

राजबिराज, २२ असोज । सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गराउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । 

शनिबार राजबिराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा संचारकर्मीहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।

उहाँले सप्तरीको चुनाव सफल बनाउन संचारकर्मिहरूको भुमिका ठुलो रहेकोले तथ्यमा आधारित समाचार सम्प्रेसन गरी चुनाव सम्पन्न गराउन भुमिका निर्वाहका लागि आग्रह समेत गर्नु भयो ।

निर्वाचन आयोगको तालिकाका अनुसार असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोले संचारकर्मिहरूलाई सहजै सुचना, समाचार संकलन गर्न वातावरण मिलाएको उहाँले बताए ।

उहाँले उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम सम्पन्नपछि मंसिर २६ गते निर्वाचन चिन्ह उपलब्ध गराउने कार्य रहेको जानकारी दिनु भयो ।

चुनाव हुने मिति मंसिर ४ गते भन्दा १७ दिन अघिदेखी मात्र उम्मेदवारहरुले प्रचारप्रसार गर्न सक्ने उहाँले स्पष्ट पार्नु भयो । त्यसअघि कात्तिक १६ गतेसम्म उम्मेदवारले कुनै प्रकारको चुनावी गतिविधी गर्न नपाउने भन्दै उनले त्यसो गरेको पाइएमा चुनाव आचारसहिंता विपरित उम्मेदवारलाई कारवाही गर्न सकिने जानकारी समेत दिए ।  

मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा संचारकर्मिहरूलाई आ-आफ्नो मिडियाको प्रेस कार्ड झुन्डाएर मतदान स्थलमा सुचना संकलन गर्न आग्रह गरेका छन भने मतगणना हुने मतपरिणामको ताजा अपडेट अनलाईन मार्फत गरिने ब्यबस्थापन मिलाएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रदेश २ निर्वाचन कार्यालय सहायक मतदान अधिकृत कुमार मास्के, सप्तरी प्रहरी प्रमुख अभिनारायण काफ्ले, जिल्ला निर्वाचन अधिकारी रमेश जोशी लगायत संचारकर्मिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया