राजबिराज, २५ जेठ । सप्तरी जिल्लाको बोदेबरसाईन नगरपालिकाले मुस्लिम समुदायको महान पर्व बकरिद (इदुल हजहा) को अवसरमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।
नगर प्रमुख आतेश कुमार सिंहद्वारा जारी गरिएको सार्वजनिक सूचनामा जनाइए अनुसार, यस वर्षको बकरिद पर्व २०८२ साल जेठ २४ गते परेको छ। पर्व तीन दिनसम्म मनाइने परम्परा रहेकोले नगरपालिकाले यहीँ जेठ २५ र २६ गतेका दिन स्थानीय बिदा दिएको हो।
नगरपालिकाले सूचनामार्फत जानकारी गराउँदै बिदाका दिनहरूमा अत्यावश्यक सेवा बाहेकका सबै नगरपालिका अन्तर्गतका कार्यालयहरू, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयहरू बन्द रहने जनाएको छ।