राजबिराज, १० श्रावण । सप्तरी जिल्लाको रुपनी गाउँपालिका–२ स्थित पौवाँ टोलमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।
मृतकहरू स्थानीय ४५ वर्षीय कैला खंग र उनकी धर्मपत्नी ४२ वर्षीया रामकुमारी खंग रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार सिटी चार्ज गर्ने क्रममा पहिला श्रीमान्लाई अचानक करेन्ट लागेर पछि छुटाउन गएकी श्रीमतीलाई पनि करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
सिटी चार्ज गर्ने क्रममा विद्युतीय उपकरणमा समस्या आउँदा करेन्ट लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।