२०८३ साल ब‌ैशाख ५ गते शनिवार

बाघको आक्रमणबाट सप्तरीमा ३ जना घाइते

राजविराज, १९ फाल्गुन । सप्तरीको सप्तकोसी नगरपलिका–१ फतेपुरको खोरिया वस्तीमा सोमबार बिहान करिब ७ बजे जंगली बाघ पसेको छ ।


बाघको आक्रमणबाट स्थानीय गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएको प्रहरीले जनाएको छ । घाइते खत्री लाई उपचारको लागि बिराटनगर लगिएको छ भने विष्ट र गाेसाईलाई स्थानीय अस्पतालमा उपचार भईरहेकाे छ ।


कोसी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो केही समयदेखि उक्त बाघ एउटा फर्निचर उद्योगमा बसिरहेको छ ।

बाघलाई खेद्न प्रहरी चौकी फत्तेपुरका प्रहरीहरु परिचालित छन् । कोसी टप्पु वन्यजन्तु आरक्षबाट सवन्मय गरी बाघलाई बस्तीबाट निकाल्ने प्रयास भइरहेको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया