२०८१ साल माघ २७ गते अाईतबार

राजबिराजमा साइबर सुरक्षा र एआइ सम्बन्धि अभिमुखिकरण कार्यक्रम

राजबिराज, १५ पुस । साइबर सुरक्षा र ए.आइ. सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम मधेस प्रदेश सरकारले पहिलोपटक सप्तरीबाट शुरुआत गरेका छन् ।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशकाे आयोजनामा साेमबार राजविराजकाे एक हाेटमा सप्तरीका सञ्चारकर्मीकाे उल्लेखनीय सहभागीताका बीच कार्यक्रम सञ्चालन भईरहेकाे छ ।

वर्तमानको अवस्थामा ए. आइ. प्रविधि वरदान वा अभिश्रापकाे रुपमा स्थान पाइरहदाँ यसको सहि, व्यवस्थित र उचित उपयाेग/प्रयाेगकाे लागि मधेस प्रदेश सरकारले सञ्चारकर्मीलाई यस्तो किसिमको अभिमुखिकरण दिन लागेको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो ।

सप्तरीको पत्रकारहरुकाे जिवनस्तर उकासन पनि मधेस सरकारले काम गरिरहेकाे र अहिले मधेशा पत्रकारहरुकाे दुर्घटना र स्वास्थ्य बिमा समेत गर्ने गरेको कार्यक्रमलाई प्रमुख आतिथ्यकाे रुपमा उदघाटन गर्दै उहाँले साे कुरा बताउनु भयो ।

प्राधिकरणकाे अध्यक्ष श्यामसुन्दर यादवकाे अध्यक्षतामा संचालित अभिमुखिकरण कार्यक्रममा नेपालमे पहिलोपटक एआइ प्रयोग गर्ने जिवन भण्डारीलगायतका प्रशिक्षकहरुबाट सप्तरीका करिब ८० जना पत्रकारहरु प्रशिक्षण लिदै छन् ।

साेही अवसरमा मधेस प्रदेशका पुर्व शिक्षा मन्त्री महेश कुमार यादव, प्रदेश सांसद किरण साह, सप्तरीका सिडियाे भाेला दहाल, नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण देव र सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा लगायतका व्यक्तिहरुले आफ्ना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया