राजविराज, १९ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालले सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत राजगढ गाउँपालिका–४, बेल्ही चपेना जमुवा चौकमा आफ्नो क्षेत्रीय कार्यालय उद्घाटन गरेको छ।
पार्टीको जाता छाप (चकिया) अन्तर्गत सञ्चालनमा आएको उक्त कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालको सप्तरी–३ का उम्मेदवार गजेन्द्र कुमार मण्डलले पार्टीको नीति, सिद्धान्त र आगामी निर्वाचनका एजेन्डाबारे चर्चा गर्दै संगठन विस्तार र जनसम्पर्कलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
पार्टीले निर्वाचन क्षेत्र नम्बर ३ मा आफ्नो संगठन सुदृढ गर्दै जनताको हक–अधिकारका पक्षमा सशक्त भूमिका निर्वाह गर्ने लक्ष्यसहित क्षेत्रीय कार्यालय स्थापना गरिएको जानकारी गराएको छ।
उक्त कार्यालय उद्घाटनसँगै निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय मुक्ति पार्टी नेपालको राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको उम्मेदवार मण्डलले जानकारी गराए ।