२०८२ साल असार ९ गते सोमबार

सप्तरी जिल्ला अदालत भित्रै जिल्ला बारकाे असुली धन्धा

कृष्ण मण्डल 

न्याय सम्पादन हुने स्थान भन्ने वितिकै अड्डा अदालत सम्झिन्छ तर सप्तरी जिल्ला अदालत जबर्जस्ती असुली धन्धा गर्ने स्थान बनेको छ ।

लेखापढी ब्यवसायीको प्रमाण पत्र सम्बन्धी दरखास्तकाे नाममा याे धन्धा परम्परागत देखि चल्दै आएको हाे ।

अदालतकाे २०८२ बैशाख २२ गतेकाे निर्णय बमोजिम २४ गते अड्डा अदालतमा लेखापढी गर्नका लागि व्यवसायीकाे प्रमाणपत्र लिने सम्बन्धि २१ दिने सुचना जारी गरिएको छ ।

जसकाे दरखास्त शुल्क भने ११० रुपैया ताेकिएकाे छ तर जिल्लाबारकी काेषाध्यक्ष समेत रहेकी निलम यादवले पाँच हजार एक सय १० रुपैयाँ जबर्जस्ती असुली गर्दै आएकी छिन् । 

जसकाे प्रमाण स्वरुप एक यस अधिनै मधेस मिररले एक भिडियो समेत सार्वजनिक गरिसकेको छ । 

उक्त भिडियो यादवले ददागिरी शैलीमा भन्दै छिन् फारम भर्नु छ भने ५११० बुझाउनुस नभए हुँदैन जहाँ जानुछ जानुस ।

यस विषयमा सप्तरी जिल्ला अदालतका  श्रेस्तैदार कृष्ण अधिकारी भने अनभिज्ञ नरहेता पनि उनीहरूले यसको परिक्षा संचालन देखि कपिचेक जाँच सम्मकाे काम रहेको र बारकाे लागि भवन बनाउने समेत पैसा जाेहाे गर्ने सम्मकाे कुरा बताउनु भयो । कानुनी रुपमा ११० रुपैयाँ भन्दा एक पैसा पनि बढी लिने अधिकार  नभकाे बताइरहदा अदालत भित्रै तालिम दिने नाम समेत जाेडेर यस्तो गतिविधि भइरहेको पाइयाे ।

त्यसैगरी सप्तरीका प्रमुख जिल्ला अधिकारी भाेला दहाल संग कुरा गर्दा आफु यसबारे बुझ्ने कुरा बताउनु भयाे ।

अदालतकाे प्रशासन शाखाले उक्त आवेदन आवहान गरेता पनि बारका पदाधिकारीहरुले फारम बुझने काम गर्दै आएको पाइएको छ । यस बारे थप जानकारीकाे लागि जिल्लाबारका अध्यक्ष कामेश्वर यादव संग फाेन सम्पर्क गर्दा उहाँले फाेन उठाएन ।

थप राेचक कुरा त के छ भने दरखास्त आवहान गरेको सुचनापत्र लेखिएको छ "मुस्कान सहितको न्याय देउ" तर व्यवहारमा भने त्यसको ठिक उल्टो देखिएको छ ।


प्रतिक्रिया