राजबिराज, १९ कार्तिक । अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीकाे राजीनामा किर्ते भएको दाबी ।
बुधबार पत्रकार सम्मेलन गरी अध्यक्ष चौधरीले वडा नं. ४ का अध्यक्ष तेजनारायण यादव भन्ने महेशले मेरो हस्ताक्षर किर्ते गरेको हुन सक्ने आराेप लगाएको छ ।
आफु बिरामी भएको बेला आफूलाई झुक्याएर विभिन्न कागजातहरूमा हस्ताक्षर गराएको महेशले नै अस्ति पुनः एक फाइलमा हस्ताक्षर गर्दिन दबाब दिदै गर्दा मामा तपाईं त अस्ति नै राजीनामा दिइसक्नु भएको छ भन्दा आफु झुसकिए अध्यक्ष चाैधरीले बताउनु भयो ।
उक्त राजिनामा पत्र मांगदा १५ दिनकाे लागि निमित्त अध्यक्ष उपाध्यक्ष कल्पना कुमारी चाैधरीलाई दिनु पर्ने हुन्छ अनिमात्रै दिन्छ भन्दै बार्गेनिङ गर्दा हुन त म राजिनामा दिएको छैन तर पनि भन्छाै भने उक्त पत्र हेर्नलाई देउ बरु मलाई फाेटाेकपि नै उपलब्ध गराइ दिनु म ७ दिनको लागि निमित्त दिन्छु अध्यक्ष चाैधरीले भन्नु भयो ।
राजनीति प्रतिशाैधकाे लागि याे सबै खेला भएको बताउदै म अध्यक्षकाे नाताले उपाध्यक्ष लाई एक चाेटी भन्छु याे सबै बन्द गर्नुस तपाईं आफ्नो पदमा बसनुस म आफ्नो पदमा नभए अदालत जान बाध्य हुने कुरा पत्रकारहरुकाे पश्नकाे जबाफमा अध्यक्ष चाैधरीले दिनु भयो ।
म बिरामी भएको फाेटाे भिडियो यसअघि ने सार्वजनिक भईसकेकाे बताउनुभयो ।