२०८३ साल ब‌ैशाख ५ गते शनिवार

पूर्व मन्त्री उमेश यादव जसपामा प्रवेश

राजबिराज, २२ पुस । प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व सिचाइ मन्त्री, सप्तरी निवासी उमेश प्रसाद यादव आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

राजनीतिक कार्यक्रमका बीच यादवलाई जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, शीर्ष नेताहरू रेणु यादव, रामकुमार शर्मा, लालबाबु राउत लगायतले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्। 

पार्टी प्रवेशपछि मधेस मिरर संग कुराकानी गर्दा यादवले मुलुकमा संघीयता, लोकतन्त्र र मधेशी अधिकारको संरक्षण तथा सुदृढीकरणका लागि जसपा नेपाल उपयुक्त राजनीतिक शक्ति भएको विश्वास व्यक्त गरे।

उनले विगतको राजनीतिक यात्रामा हासिल अनुभवलाई अब जनता समाजवादी पार्टीमार्फत जनताको पक्षमा प्रयोग गर्ने प्रतिबद्धता जनाए। साथै, मधेशका समस्या समाधान, सुशासन र समावेशी विकासका लागि पार्टीलाई सशक्त बनाउने अभियानमा सक्रिय रहने बताएका छन्।

जसपा नेपालका नेताहरूले यादवको प्रवेशले पार्टीको संगठन थप बलियो बन्ने विश्वास व्यक्त गर्दै सप्तरीसहित मधेश प्रदेशमा पार्टीको प्रभाव विस्तार हुने अपेक्षा गरेका छन्।


प्रतिक्रिया