२०८३ साल ब‌ैशाख ५ गते शनिवार

फोनिज मधेश प्रदेशद्वारा २६औं स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनाइयो

विरगंज, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशले २६औं स्थापना दिवसकाे अवसरमा रक्तदान कार्यक्रमकाे आयोजना गरेको छ।

विरगंजमा सम्पन्न कार्यक्रममा फोनिज मधेश प्रदेशका अध्यक्ष दुष्यन्त  चाैधरीकाे अध्यक्षता र प्रदेश इन्चार्ज शंकर श्रेष्ठकाे प्रमुख आतिथ्यमा सप्तरी जिल्ला अध्यक्ष  कृष्ण मण्डल, राैतहट अध्यक्ष युभास श्रेष्ठ, सर्लाही अध्यक्ष घनश्याम बलामी, प्रदेशका पदाधिकारी सदस्य पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले आदिवासी जनजाति पत्रकारहरूको एकता, सशक्तिकरण र समुदायमुखी पत्रकारिताको आवश्यकता औंल्याउँदै निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारिता गर्न सबैलाई आह्वान गरे। रेडक्रस पार्सा शाखाको सहयोगमा दर्जनौं बढी पत्रकार, सामाजिक अभियानता र सुरक्षाकर्मीहरुले रक्तदान गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य प्रदेश उपाध्यक्ष अनिता चाैधरीले गरेका थिए भने कार्यक्रम संचालन महासचिव बृजमान तामाङले गरेका थिए । 


प्रतिक्रिया