विष्णु मण्डल
राजबिराज, १० जेठ । सप्तरी राजगढ गाउँपालिका ५ मलेखपुर स्थित हुलाकी सडक खण्डमा पत्थरगाढाबाट राजबिराज तर्फ जाँदै गरेको इट्टा लोड भएको स १ त ५४४२ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउँदै गरेको म.प्र.०२-०१९ प ९६२६ नम्बरकाे माेटरसाईकलले ट्रयाक्टरको पछाडीको भागमा ठोकिन गई दुर्घटना हुँदा माेटरसाईकिलमा सबार ३ जना मध्ये दुई जनाकाे मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ ।
शनिबार दिउँसो भएको दुर्घटनामा परि मृत्यु हुनेमा तत्काल नाम ठेगाना नखुलेको अन्दाजी वर्ष २७ को एक जना र वर्ष २३ काे अर्को एक जना गम्भीर घाइते भई अस्पताल लग्दै गरेको अवस्थामा बाटोमा नै मृत्यु भएको र अन्दाजी वर्ष २२ काे गम्भीर घाइते भएकाकाे उपचार राजबिराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहेकाे सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।