राजबिराज, ६ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अवस्थित प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा भगवान श्री रामकाे प्राण प्रतिष्ठा हुने दिन विशेष किसिमको धार्मिक कार्यक्रम हुने भएको छ ।
शनिबार छिन्नमस्ता संरक्षण सम्बद्ध समितिले एक सुचना जारी गर्दै निम्न अनुसारको पुणित कार्य गर्ने भएको हाे ।
माघ ०८ गते (२०२४ जनवरी २२ तारेख) साेमबारका दिन मित्र राष्ट्र भारतको अयाेध्यामा नव निर्मित मन्दिरमा भगवान श्री रामकाे प्राण प्रतिष्ठा हुन भएकोले साेही दिनकाे अवसरमा सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर सखडामा भगवान रामसिताकाे प्रतिमा सहितको दिप प्रज्जवलन, दिउँसो २ बजे देखि सुन्दरकाण्ड पाठ, श्री हनुमान चलिसा सहित गंगा आरति ५ जना बाट गर्ने भएको छ ।
साथै यस धार्मिक एवं पुणित कार्यमा सहभागी भई पुन्यकाे भागी बन्न छिन्नास्ता मन्दिर संरक्षण सम्बर्द्धन समितिले हार्दिक अनुरोध गरेकाे छ ।