२०८३ साल ब‌ैशाख ५ गते शनिवार

अर्काको नागरिकता किर्ते गरी लाखौं रकम ठगी गर्ने २ जना पक्राउ

राजबिराज , २३ फाल्गुन । अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खाेली लाखौं रकम ठगी गर्ने दुई जना मानिस पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका ५ बस्ने २८ बर्षका अभिषेक यादव र २० बर्षका अरुण कुमार यादव रहेकाे सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले शुक्रबार एक पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
२०८० असारमा एक जनाको नागरिकता हराएको थियो । ती नागरिकतामा अभिषेकले अरूणकाे फाेटाे टाँसी विराटनगरस्थित रहेको सिटिजन्स बैंकमा खाता खाेलेका थिए । बैंकमा खाता खाेली अन्य व्यक्तिहरूबाट लाखौंको रकम ठगी गरिरहेकाे पाइएको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको एसपी खतिवडाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार नागरिकता सम्बन्धी कसुर र ठगीमा जाहेरी प्राप्त हुनासाथ दुबैलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दै प्रहरीले अदालतबाट ५ दिनकाे म्याद थप गरि अन्य अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया