राजबिराज, १७ चैत । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) अवसरमा भोलि (सोमवार) सरकारले सार्वजनिक बिदा दिएको हो ।
“‘मिति २०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा भाेली मिति २०८१ साल चैत्र १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि गरिएको छ,” गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।