२०८३ साल ब‌ैशाख ५ गते शनिवार

सप्तरीको डाक्नेश्वरीबाट ३९६ किलो गाँजा बरामद

राजबिराज, २३ श्रावण । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ।

सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार स्थानीय नहर छेउको धान खेत तथा बाँसघारी क्षेत्रमा छरिएको अवस्थामा गाँजा फेला परेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले गाँजा बरामद गरेको उनले जानकारी दिए।

बरामद गरिएको गाँजा १७ वटा पाेकामा रहेको र कुल तौल ३९६ किलो रहेको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया