राजबिराज, ३० साउन । दिनदहाडै पत्रकार सौरभ यादवमाथि शुक्रबार बिहान आक्रमण भएको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिणि गेट अगाडि शुक्रबार १० :४२ बजे आफूमाथि तीन जनाको समूहले चक्कु, बेल्ट, हेलमेटले प्रहार गरेको यादवले बताए।
टाउको तथा शरिरमा चोट लागेका यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। ‘गेट अगाडि साथीहरुसँग कुरा गरिरहेको थिए, छिन्नमस्ता गाउँपालिका–१ विरपुरका कृष्णनाथ यादव (क्याप्टेन), राजविराज–११ राजु यादव र विष्णुपुर गाउँपालिका–७का राजबाबु झाले एक्कासी आक्रमण गरे, यादवले भने।
यस घटना बारे सप्तरी प्रहरी प्रमुख गाेतम केसी संग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उक्त घटनाले सप्तरीको सुरक्षा व्यवस्थामा समेत प्रश्न चिन्ह उठाएको आक्लन गर्न सकिन्छ ।